२०८१ फाल्गुन ७ गते बुधवार

मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

मेक्सिको, माघ ६। मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन् ।”

यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २१ रहेको र ७१ जना घाइते भएको बताइएको थियो ।

स्थानीय जनताको सहयोगमा स्थानीय प्रशासनले उद्धार कार्य जारी रहेको छ ।

स्थानीय समय अनुसार बिहीबार बेलुका ७:०० बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ ।

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेका समय आगलागी हुँदा पाइपलाई विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडरले घटनाप्रति दुःख व्यक्त गर्नुभउको छ । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।” उनले आगो नियन्त्रणका लागि तत्काल उद्धार टोलीलाइ निर्देशन दिएका छन ।

सरकारले घटनामा घाइते भएका सबैलाई सम्भावित उपचार उपलब्ध गराइरहेको बताइएको छ । गत बर्ष पाइपलाइन बाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो । घटनामा गम्भीर घाइते भएका नागरिकहरूको उपचार भइरहेको तर मृतक सङ्ख्या थप बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *