२०८३ असार २७ गते शनिवार

लमही ७ मा काँग्रेसको टोल समिति गठन


टेकबहादुर पुन, लमही, माघ १६ । नेपाली काँग्रेसले लमहीमा संगठनलाई बलियो बनाउन टोल समिति गठन पक्रियालाई अगाडि बढाएको छ ।

नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितिले टोल समिति गठन प्रक्रिया अगाडि बढाएको हो ।

साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरमा टोल समिति गठन गरिएको छ ।

नेपाली काँग्रेस साबिक सतबरिया गाबिस वडा नम्बर १ टोल समितिको सभापतिमा गुरुचरण चौधरीलाई चयन गरिएको छ ।

त्यस्तै उपसभापतिमा अर्जुन चौधरी र ओम प्रकाश कार्की, सचिबमा कुमोद देबकोटा र अनिल चौधरी, सहसचिबमा मनबहादुर पुन र बिष्णु चौधरी, कोषाध्यक्षमा सृष्टि परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा अन्तराम चौधरी, अरबिन्द चौधरी, पहलमान चौधरी, सितारमा चौधरी, देबिराम चौधरी, जगतराम चौधरी र जगराम चौधरी रहेको १५ सदस्य टोल समिति गठन गरिएको छ ।

काँग्रेस लमही ७ का वडा सभापति सालिकराम चौधरीको अध्यक्षता तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यमा समिति गठन गरिएको हो ।

काँग्रेसलाई तल्लो स्तरबाटै मजबुत बनाउँदै लैजाने उद्देश्यसहित टोल समिति गठन गर्न लागिएको उनले गिरीले बताए ।

वडा समितिका सहसचिब गोबिन्द देबकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा काँग्रेस प्रदेश १ (ख) का सहसचिब कुलबहादुर बुढा मगर, क्षेत्रीय सदस्य उर्मिला चौधरी, क्षेत्रीय प्रतिनिधिहरु पदम योगी, शेरबहादुर बुढा, महिला संघकी जिल्ला सचिब लक्ष्मी योगी, पत्रकार मेगमन बुढा लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण वडा सचिब निरञ्जन सिंह ठकुरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *