काठमाण्डौ,माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गरेका थिए ।
पीसीआर गर्दा पोजेटिभ देखिएपछि उनीहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बसेको ओलीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।
आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ ।
वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार