२०८२ जेष्ठ ४ गते शुक्रवार

उपचारकालागि सहयोगको याचना

तुलसीपुर, ३ माघ ।
दाङका पत्रकार बिकास डाँगीले सहयोगको याचना गरेका छन् । आर्थिक अभावका कारण आमाको उपचार प्रभाबित भएको भन्दै आर्थिक सहयोगको याचना गरेका हुन् ।

एक महिना अघि खाना पकाउने क्रममा शरिरमा आगोले पोल्दा घाईते भएकी उनकी आमा लक्ष्मी डाँगीको अहिले भारतमा उपचार भईरहेको छ । अहिलेसम्म करिब तीनलाख रुपैयाँ उपचारमा खर्च भईसक्दा पनि सञ्चो नभएको र अझै धेरै खर्च लाग्ने भएपनि आर्थिक अबस्था कम्जोर हुँदा उपचारमा समस्या हुने गरेको भन्दै सहयोगको याचना गरेका हुन् ।

शान्तिनगर २ अमुवा निवासी ५२ बर्षीया डाँगीको उपचारका लागि सहयोग गरिदिन सम्पूर्ण सहयोगीदाताहरुलाई अनुरोध गरिएको छ । सहयोगका लागि प्रभु बैंक तुलसीपुरको खाता नम्बर ०४००१०००४३१४७९०००००१ वा फोन नम्बर ००९१९९७१३२२०६३ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *