२०८१ बैशाख ८ गते शनिवार

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं,माघ ५ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पुलिस क्लवलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९।५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।

एपीएफका लागि ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै ३ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक २९ रन बनाए ।

यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे । पूर्ण बिकले रन नजोडी आउट भए ।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीनरतीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *