२०७८ माघ १० गते सोमवार

रोयल नेपालगन्ज जिल्ला फुटबल च्याम्पियन

दाङ, पुस २८ । बाँके जिल्लास्तरिय क्लब नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज च्याम्पियन बनेको छ ।

नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ औं मिनेटमा पहिलो र दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए ।

एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष दिर्घबहादुर केसी , एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष द्धय अजितराज भण्डार र सुर्यमणी अधिकारी लगाएतले पुरस्कार बितरण गरेका थिए ।

त्यस समारोहमा एन्फाका पुर्व उपाध्यक्ष गोर्वधनसिंह सम्झना, क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, लेखा प्रमुख मीन जिसी, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

जिल्ला फुटबल संघको आयोजनामा पुस २४ देखि सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्ने छन ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *