२०८३ भाद्र ११ गते बिहिवार

विश्वमा कोरोना सङ्क्रमित हुनेको संख्या ३० करोड नाघ्यो, झण्डै २६ करोड संक्रमणमुक्त

काठमाण्डौ,पुस २४ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या ३० करोड नाघेको छ ।

दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

वुहानबाट शुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएर विश्वका सबैजसो क्षेत्रमा पुगेको छ । अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको आविष्कार गरेर विश्वभर नै खोप अभियान पनि चलिरहेको छ । खोप अभियानसँगै विश्वमा महामारीको प्रभाव कम हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *