दाङ, पुस २४ । बाँके डुडुवा गाउँपालिका वडा नं. २ बेतहानी स्वास्थ्य चौकी भवन निमार्ण गर्न जग्गादाताको प्रतिमाको अनावरण गरिएको छ ।
स्थानीय पुर्व प्रधान स्वर्गिय विष्णुप्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान दिएका थिए ।
जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा स्वास्थ्य चौकीको भवन निमार्ण गरेको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार जग्गादाताको प्रतिमा अनवरण गरेका हुन ।
बिकट भूमिमा स्वास्थ्य जस्तो सम्बेदनशिल सेवाका लागि चौधरी दम्पत्तिले गरेको निशुलक जग्गा दानले स्थानीयले स्वास्थे सेवा पाउन सफल भएको भन्दै दाताको सम्मान स्वरुप प्रतिमा स्थापना गरेको अध्यक्ष चौधरीले बताए ।
लाखौ मुल्य पर्ने नीजि जग्गा दान गरेर चौधरीले आँफू र परिवारको लागि मात्रै नभइ पुरै माजका लागि महत्वपूर्ण योगदान गरेको अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा जग्गदाताका छोरा ओमप्रकाश चौधरी र शिवकुमार चौधरी र बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल मालाले स्वागत गरिएको थियो ।
स्वास्थ्य चौकी निमार्ण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
