नेपालगन्ज, पुस २३ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगन्जमा जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ ।
प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन ।
त्यस्तै समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ‘ए’ र ‘बी’ को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए ।
पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ ।
आइतबार पुस २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासंग प्रतिस्पर्धा गर्ने छ ।
