२०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा ६ जुवाडे पक्राउ

दाङ, माघ १ । तुलसीपुरको एक होटेलमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित न्यू रुकमेली प्रकाश गेष्ट हाउस एण्ड लजमा अवैद्य रुपमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार उनीहरुको साथवाट नगद ९३ हजार ७ सय ८५ रुपैंया बरामद भएको छ ।

जुवा खेल्न प्रयोग गरिएको १८ थान कौडा समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । न्यू रुकमेली प्रकाश गेष्ट हाउस एण्ड लजका संचालकलाई समेत प्रहरीले अबैद्य रुपमा जुवा खेलाएको भन्दै पक्राउ गगरेको छ । प्रहरीले उनीहरुलाई सोमवार दिउँसो पक्राउ गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *