२०८३ बैशाख १३ गते आइतवार

तुलसीपुरमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको ग्राफ, बुधबार १४ संक्रमित थपिए

तुलसीपुर, पुस २२ । तुलसीपुरमा बुधबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य अधिकांस अश्वारा माविका शिक्षक र बिद्यार्थी रहेका छन् ।

यो संग तुसलीपुरमा तीन दिनको अबधिमा सक्रिय संक्रमित संख्या ३९ पुगेको छ । यसअघि सम्म तुलसीपुरमा संक्रमितको संख्या शून्यमा झरेको थियो ।

बुधबार संक्रमित मध्य अश्वारा माविका तीन जना बिद्यार्थी, पाँच जना शिक्षक, चार जना स्वास्थय कर्मी , एक जना भारतीय नागरिक र अन्य समुदायका मानिसहरु रहेका छन।

तुलसीपुर मेट्रो अस्पतालमा शंकाष्पद लक्ष्यण भएका र संक्रमित ब्यक्तिको संपर्कमा रहेका २९ जनाको एन्टीजेन्ट बिधिबाट परीक्षण गर्ने क्रममा बुधबार थप ८ पुरुष ६ महिलामा संक्रमन पुष्टि भएको हो । बिद्यार्थी र शिक्षकमा संक्रमन पुष्टि भएपछि बिद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

नया संक्रमित मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का ६ जना, ७ का १ जना, ८ का ३ जना, ९ का १ जना, १२ का २ , १८ का १ जना रहेका छन् ।

संक्रमित मध्य ११ जना खोप नलगाएका बालबालिका रहेका छन । अन्य २८ जना खोप लगाएकाहरुमा पनि पुनः संक्रमन देखिएको छ ।

संक्रमित मध्य हालसम्म दुई जना कोरोना इकाईमा भर्ना भएर उपचाररत छन् । अन्यको अवस्था सामान्ने रहेको हुँदा ३६ जना होम आइसोलेसनमा रहेको तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रबद्र्धन शाखा तुसलीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमितलाई सामान्य ज्वरो,घाँटी दुख्ने ,शरीर दुख्ने , निल्न गाह्रो हुने ,रुघा ,खोकी जस्ता लक्षण हरु देखिएका छन ।

कोरोनाको संकास्पद लक्ष्यण भएका व्यक्तिले मेट्रो अस्पताल अश्वारामा बिहान साढे १० बजेदेखि ३ बजे सम्म परीक्षणको लागि सम्पर्क राख्नु अस्पताल प्रशासनले आग्रह गर्दै आएको छ ।

खोप नलगाएका व्यक्तिको लागि दैनिक खोप लगाउने ब्यबस्था गरिएको फोकल पर्सन केसीले बताए ।

बुधबार मात्रै थप ६३ जना जनालाई जोनसनको पहिलो खोप खोप प्रदान गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *