२०८३ भाद्र ११ गते बिहिवार

देशमा सोचे अनुरुप खेलकुदको महत्व हुन सकेन ः काँग्रेस केन्द्रीय सदस्य बस्नेत

तुलसीपुर,पुस १८ । दाङको तुलसीपुरमा जारी राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’ले आयोजना गरेको प्रतियोगिताको आइतवार एक कार्यक्रमबा बीच समापन गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका खेलकुद बिभाग प्रमुख, काँग्रेस केन्द्रीयय सदस्य मोहनबहादुर बस्नेतले देशमा सोचे अनुरुप खेलकुदको महत्व हुन नसकेको बताए ।

‘जुन ढगंको खेलकुदको महत्व देशमा हुनुपर्ने हो त्यो हुन सकेको छैन,’ बस्नेतले भने ‘संसारभरी राष्ट्रको झण्डा फहराउने,देशको इज्जत राख्ने खेल क्षेत्रका गतिविधिहरु पलायन हुदै जांदा खेलाडीहरु खिया लागेको हतियार जस्तै भैसकेका छन ।’

बिस्तारै–बिस्तारै व्यवसायिकरण हुदै गइरहेको अवस्थामा कोरोनासहित विभिन्न कारणले खेलकुदका गतिबिधि ठप्प बनेको उनले बताए ।

उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई ‘युथ क्लब’ले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरि खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको तर्क गरे ।

खेल क्षेत्रको पछिल्लो अवस्था दयनिय बन्दै गएको अवस्थामा खेलकुदका गतिबिधिहरुलाई व्यापक रुपमा अगाडि बढाउन जरुरी रहेको उनले औंल्याए ।

एक वर्ष भित्रमा कांग्रेस खेलकुद बिभाग,लोकतान्त्रिक खेलकुद सघंले देशभरी खेलकुदका प्रतियोगिताहरु व्यापक रुपमा अघि बढाउने निर्णय गरेको हुँदा त्यसले खेलकुद क्षेत्रलाई चलायमान बनाउन सघाउने उनले बताए ।

नेता बस्नतले खेलाडीको जिविकोपार्जनका लागि खेलकुदका प्रतियोगिताहरुमा नगद पुरस्कारमा ध्यान दिन जरुरी रहेको औंल्याए ।
उनले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गिय नेता खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा पनि गरे ।

युथ अफ तुलसीपुरका अध्यक्ष बशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गरेका थिए ।

दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा भएको थियो ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता थियो । जसको पुरस्कारको राषी ३ लाख ८० हजार रहेको थियो ।

प्रतियोगितामा मेन्स टिम र वमेन्स टिममा प्रथम हुनेले ३० ÷ ३० हजार, द्धितियले १५÷१५ हजार, तृतियले नगद ५÷५ हजार र सान्तोना हुनेले ५÷५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको युथ्स अफ तुलसीपुरका सल्लाहाकार अरुण लहरेले बताए ।

उनका अनुसार मेन्स र बुमेन्स सिंगलतर्फ प्रथम हुनेले ४०÷४० हजार , द्वितियले २०÷२० हजार, तृतीय र सान्तोनाले ५÷५ हजार पुरस्कार सहित मेडल प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम हुनेले ३०÷३० हजार, द्वितीयले १५÷१५ हजार र तृतीय र सान्तोनाले ५÷५ हजार नगदसहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *