तुलसीपुर, पुस १७ । घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन् ।
घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले शुक्रबार नै जेलर परियार छुटेको जानकारी दिए ।
खोजेको समयमा उपस्थित हुने गरि जिम्मा जमानीमा जेलर परियार छुटेको वलीले बताए । उनले घटनाबारे अनुसन्धान जारी नै रहेको बताए ।
पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरी कै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियार पुस १२ गते सात जना पक्राउ परेका थिए ।
कतब्र्य ज्यान मुद्दामा साढे बर्ष कैद भुक्तान गरि सकेका नाइके परियारलाई जिल्ला अदालतबाट २० बर्ष सजाए तोकिएको छ ।
फरार नाइके परियारको खोजी कार्यका लागि सिआइवीको टोलीपनि खटिएको छ । जेलर यमराज छुटेपनि अन्य तीन जना प्रहरी र दुई महिला भने अझैं थुनामै छन् ।
यो पनि …
घोराही कारागारका जेलर, ३ प्रहरी, होटेलका ब्यबस्थापक, २ युवतीसहित ७ पक्राउhttps://farakkon.com/main-news/41468/?fbclid=IwAR2G3-rhxyIXPl1XF3Xdkwd-YnwN2Hs_N_BuzYDTbWdFRv084f-7vOnQwj0