२०८२ माघ २ गते शुक्रवार

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो, तीन जनाको उपचार हुँदै

बाँके,पुस १५ । बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।

भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोटको खाँडाचक्र नगरपालिका–४ का धर्मप्रसाद भट्टराईको परिवारका चार जनाको अस्पतालको क्वाटरमै ज्यान गएको हो ।

अस्पतालको क्वाटरमा गएराति कोइला बालेर सुतेका धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इप्सन, दिदी कोली भट्टराई र धर्मप्रसादकी सासु कोकिलाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनकाअनुसार धर्मप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा दिवस र भाई नरेन्द्रको भने उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु कोठामा कोइला बालेका सुतेका थिए । झ्याल ढोका बन्द भएकाले निस्सासिएर चार जनाको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *