२०८१ बैशाख ७ गते शुक्रवार

लायन्स क्लबले विद्यार्थीलाई पोशाक बितरण गर्यो

दाङ, पुस २९ ।
लायन्स क्लब अफ दाङले आइतवार गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय पोशाक बितरण गरेको छ । लायन्स क्लब ईन्टरनेशनलका सस्थापक मेलजिन जोनको जन्मदिनको अबसर पारेर क्लवले तुलसीपुरस्थित महेन्द्र माध्यामिक बिधालयमा अध्यनरत ४५ जना बिद्यार्थीलाई सर्ट र पाइन्ट बितरण गरेको हो ।

क्लबका अध्यक्ष उमेशचन्द्र मजगैयाको अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वढा अध्यक्ष बिरेन्द्रकुमार शाहको प्रमुख आतित्थ्यतामा विभिन्न कक्षामा अध्यनरत छात्र,छात्राहरुलाई करिव २० हजार बराबरको पोशाक बितरण गरिएको थियो ।

त्यसक्रममा तुलसीपुर उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बिमल रिजाल,राप्ती सार्वजनिक बस ब्यबसायी समितिका अध्यक्ष सुरेश हमाल,बिद्यालयका प्राचार्य जितबहादुर थापा,सहायक प्राचार्य पूर्ण भण्डारी ,क्लबका पुर्व अध्यक्ष गणेश पार्धे,ब्यबसायीहरु यज्ञबहादुर केसी,हेमन्त डाँगी लगायतले मनतव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *