२०८३ कार्तिक २७ गते बिहिवार

अनैतिक सम्बन्ध लुकाउन ७० वर्षीया वृद्धाको हत्या, परिवारकै चार सदस्य पक्राउ


सल्यान,पुस ११ । छत्रेश्वरी गाउँपालिका–३ झिम्पे निवासी ७० वर्षीया जामनी बुढाको हत्याको आरोपमा परिवारकै चार जना सदस्य पक्राउ परेका छन् ।

आफ्नाे अनैतिक सम्बन्ध लुकाउन मृतककी काइली बुहारी २४ वर्षीया शुशिला बुढा र देवर नाता पर्ने १९ वर्षीय कमल बुढा दुबैजना मिलेर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर श्याम प्रकाश यादवले जानकारी दिए ।

०७८ असार ११ गते राती सासुले घटनाबारे थाहा पाएपछि बेहारी र देवर दुबै जना मिलेर उनको हत्या गरेको र उनि वृद्धा राती भ¥याँगबाट लडेर मरेको भन्दै असार १२ गते मृतकको अन्तिम संस्कार गरिएको थियो ।

मृतकका पाँच भाइ छोरा भएपनि मजदुरीका लागी सबै भारतमा रहेको समयमा बुहारीहरुसंगै बस्दै आएकी वृद्धाको मृत्यु नभइ हत्या भएको भनी गोप्य खबरका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

घटना बारे तत्काल प्रहरीलाइ कसैले जानकारी नगराएपनि पछि गोप्य सुचनाको आधारमा घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले आरोपित दुबैजनाले वृद्धालाइ मारेको र सबुत मेटाउन मृतककै माइली बुहारी २८ वर्षीया चमेली बुढा र कमलका बुवा ४८ वर्षीय बालाराम बुढा मगरले समेत साथ दिएको खुल्न आएको इन्सपेक्टर यादवले बताए ।

घटनाका विषयमा अनुसन्धान गर्न आरोपित तिनै जनालाइ पुष ३ गते गिरफ्तार गरी थप अनुसन्धान थालेपछि केही समयदेखी फरार रहेका कमल बुढालाइ गाउँमै लुकी बसेको अवस्थामा प्रहरीले शनिवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतकका छोरा ३३ वर्षीय नेत्रलाल बुढाले पुष ३ गते मृतकको हत्या भएको भन्दै आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय लुहाममा पुष ३ गते लिखित उजुरी दिएका थिए ।

हत्यामा संलग्न देवर भाउजु बिच अनैतिक सम्बन्ध रहेको र सो सम्बन्ध लुकाउन वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ ।

हाल सबैजनालाइ हिरासतमा राखी अनुसन्धान थालिएको इन्सपेक्टर यादवले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *