तुलसीपुर,पुस ९ । तुलसीपुरमा कोरोना भाइरस विरुद्धको पहिलो मात्रा र दोस्रो मात्राको खोप लगाइदै छ ।
हासम्म तुलसीपुरको २१ वटा खोप केन्द्रबाट भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा गरी ८ हजार ३ सय ६० जनालाई लगाइएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य प्रवद्र्धन शाखाका अधिकृत बिमल केसीले जानकारी दिए ।
जसमध्यबाट भेरोसेलको पहिलो मात्रा १ हजार ६ सय २३ जना र दोस्रो मात्रा ६ हजार ७ सय ३७ जनालाई लगाएको हो । बिहीबारसम्म तुलसीपुरमा भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या ९४ हजार १ सय ७२ रहेको छ भने दोस्रो मात्रा पुरा गरेकाको संख्या ६७ हजार एक सय १२ जना रहेका छन् ।
त्यस्तै तुलसीपुरमा १८ बर्षदेखि माथिका व्यक्तिलाई खोप लगाउनेको संख्या १ लाख १२ हजार भन्दा बढी रहेको अनुमान गरिएको छ । साथै शुक्रबार छुटेका व्यक्तिहरुलाई मेट्रो अस्पताल, राप्ती प्रादेशिक अस्पताल लगायत नगर स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट खोप लगाइदै छ ।
त्यस्तै कुनै पनि खोप नलिएका १८ बर्षदेखि माथिका सबैलाई खोपको पहिलो मात्रा र यस भन्दा अगाडी भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई पनि शुक्रबार अन्तिम पटक खोप लगाउने कार्यक्रम रहेकोले अनिवार्य रुपमा नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
