
घोराही, पुस ७ । घोराहीस्थित राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं। ७ सौडियारकी ३३ वर्षीया एक महिलाको प्रतिष्ठानमा सफल शल्यक्रिया गरिएको छ ।
प्रतिष्टान प्रशासनले पहिलो पटक मेरुदण्डको सफल शल्यक्रिया भएको जानकारी दिएको छ ।
ती बिरामी महिलाको रुखबाट लडेर ढाडको हड्डी भाँचिएको थियो । उनी दश दिन पहिले प्रतिष्ठानको इमरजेन्सी विभागमा भर्ना भएकी थिइन ।
बिरामी भर्ना भएको दुई दिनपछि उनको मेरुदण्डको सफल सल्यक्रिया भएको थियो । त्यसपछि उनलाई ह्विल चियर एम्बुलेन्समा राखिएको थियो ।
एक दिन पछि ढाडमा पेटी बाँधेर विरामी आँफै हिंड्न थालेको र शल्यक्रियाको सात दिनमा विरामीको अवस्था सामान्य भइ सकेपछि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
हाडजोर्नी विशेषज्ञ डा.सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले ती महिलाको सफलतापूर्वक अप्रेसन थियो ।
