तुलसीपुर, पुस ७ । तुलसीपुरमा जारी महोत्सवमा तीन सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
सचिवालयमा राखिएको हेल्प डेक्समा अहिलेसम्म एक सय ४६ जनाले प्रेसर जाँच, एक सय २४ जनाले सुगर जाँच, घाउ सरसफाई ६ जना र १८ जनाले अन्य सेवा लिएको तुलसीपुर महोत्सवका स्वास्थ्य संयोजक भागवत कमला पुरीले बताइन ।
तुलसीपुर मेट्रो अस्पतालले महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेक्स स्थापना गरेको छ । उद्योग, व्यापार, कृषी तथा पर्यटनको पर्वद्धन र विकास गर्ने भन्दै यहाँ पुस १ गतेदेखि जारी मेला १२ गतेम्म सञ्चालन हुने छ ।
पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकण गर्ने अपेक्षा गरिएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
