तुलसीपुर, पुस २७ । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप गत आर्थिक वर्षबाट नै न्यानो कपडा वितरण कार्यक्रम आरम्भ गरेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ मा न्यानो कपडा वितरण गर्दै सांसद विष्णु शर्माले ज्येष्ठ नागरिकको सम्मानका लागि उपमहानगरपालिकाले ल्याएको कार्यक्रमको प्रशंसा गरिन् ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले जनताको सुखदुखमा आफुहरु सधै साथमा रहेको वताइन् । ‘हामीले सबै खाले जनताको अनुहारमा खुसी ल्याउन खोजिरहेका छौ ’ उपप्रमुख आचार्यले भनिन् । वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपामा नेता मनोहर वुढाथोकी, कार्यपालिका सदस्य अमर नेपाली माइकल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी वडा नम्वर १८ मा पनि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ । दलितको हकमा ८० वर्ष पुरा भएको र अन्यको हकमा ८४ वर्ष पुरा भएकालाई न्यानो कपडा वितरण गरिएको थियो । वडाध्यक्ष माधव वलीका अनुसार ३२ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । वडाध्यक्ष वलीले अन्य बाँकी रहेको ज्येष्ठ नागरिकहरुलाई घरमै गएर न्यानो कपडा वितरण गरिने पनि जानकारी दिए ।