२०८३ असार २७ गते शनिवार

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते एक जनाको ज्यान गयो

रुकुम पश्चिम,मंसिर २१ । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका–१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

बाँफिकोट गाउँपालिका–२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका–५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *