२०८२ चैत्र १ गते आइतवार

पिपुल्स हाइड्रोले करीब १ अर्बको आईपीओ जारी गर्ने

काठमाडौं,मंसिर २० । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ ।

कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *