लमही, मंसिर १९ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ बर्षीय रामचरण चौधरीको बसको ठक्करबाट मृत्यु भएको हो ।
चौधरी दूध बेचर घर तर्फ फर्किदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तरगत बन्गंै जंगल क्षेत्रमा पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आइतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
गोरुलाई ठक्कर दिएर अनियन्त्रित भएको बसले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गाडी र चालक अहिले प्रहरीको नियन्तरणमा छन ।
प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार