२०८१ चैत्र ९ गते शनिवार

प्रहरीले विद्यार्थीलाई के कुरा पढाउँदै छ ?

दाङ, पुस २६ । ५ नं. प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले कलेका विद्यार्थी पढाउने अभियान चलाउँदै आएका छन् । यसअघि पनि विभिन्न स्थानमा उनले यस्तो कक्षा संचालन गरिसकेका छन् ।

किशोर किशोरी अवस्थाका विद्यार्थीलाई प्रहरीले विभिन्न कुरा सिकाउने गरेको छ । महिला तथा बालबालिका विरुद्ध हुने हिंसा तथा अपराध, साईवर अपराध, सडक सुरक्षा, लगाु औषध, मादक पदार्थ र सुर्तिजन्य पदार्थको प्रयोग वाट हुने नकारात्मक असरका बारेमा डिआईजी अधिकारीले विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्ता कुराहरु बाट हुने नकारात्मक प्रभाव र हुने कानुनी कारवाहीका बारेमा प्रहरीले विद्यार्थीलाई सचेत तुल्याउन विद्यार्थीलाई प्रशिक्षण दिनु परेको डिआईजी अधिकारीले बताए । अपराध रोकथाम, त्यसमा समाजको जिम्मेवारी केहो ? भन्ने कुरा किशोर किशोरीलाई प्रशिक्षण दिने गरेको उनले बताए । त्यस्तै सुरक्षाका आधारभुत सिद्धान्तहरु तथा मानव अधिकार लगाएका कुराहरु पनि आफुहरुले विद्यार्थीलाई सिकाउने गरेको डिआईजी अधिकारीले जानकारी दिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्कुल सम्पर्क कार्यक्रम लिएर आफुहरु विभिन्न विद्यालयमा किशोर किशोरीलाई प्रशिक्षण दिने अभियान लिएर अगाडि बढेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका कक्षा ११ र १२ मा अध्यनरत चारसय विद्यार्थीलाई प्रहरीले बुधवार प्रशिक्षण दिएको थियो । उक्त अवसरमा दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *