दाङ, मंसिर १७ । रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परि श्रीमानको घटनास्थलमै मृत्यु भएको छ भने उनकी श्रीमति गम्भीर घाइते भएकी छन् ।
आठबिसकोट नगरपालिकाको वडा नं. ७ औलमा ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ बर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको र उनकी श्रीमति १९ बर्षीया सपना नेपाली गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिल जंग शाहले घाईतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
शुक्रबार बिहान १ बजेतिर औलबाट आठबिसकोटको राडी बजार तर्फ जाँदै गरेको रा १ प ४४१२ नम्बरको खाली ट्याक्टर सडकमै पल्टिदा त्यसैले च्यापेर चालकको घटनास्थलमै मृत्यु भएको शाहले बताए ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार