यमकला भुसाल,
पुष २५ । तुलसीपुरको तुलसी हस्पिटल प्रालिले दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स ल्याएको छ । पुसको दोस्रो सातादेखि जिल्ल्मै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका संचालक तथा बालरोग बिषेशज्ञ डा. किशोर खत्रीले जानकारी दिए ।
एम्वुलेन्समा भएका सुविधाहरु
जिल्लामै पहिलो अत्याधुनिक एम्वुलेन्स निजी क्षेत्रले भित्र्याएको छ । जसमा आइसियू ,भेन्टिलेटर,कार्डियाक,सक्सन, नेबुलाईजर, ईसिजी लगाएतका सेवा रहेको जानकारी दिइएको छ ।
उल्लेखित कुराहरु गम्भीर प्रकृतिका विरामीहरुका लागि अति नै आवश्यक मानिन्छन् । यसका साथै एम्वुलेन्समा स्वास्थ्यकर्मी सहितको टोलिपनि बस्न मिल्ने प्रवन्ध गरिएको डा. खत्रीले जानकारी दिए । सुविधा युक्त एम्बुलेन्स सञ्चालन भएपछि गम्भीर प्रकृतिका घाइते र विरामीलाई टाढा लैजाँदा पनि अप्ठेरो अवस्था सृजना नहुने दाबी गरिएको छ ।
सुविधा सम्पन्न एम्बुलेन्समा सामान्ने एम्वुलेन्स भन्दा केही महंगो भाडा पर्ने गरेपनि त्यति चर्कौ भाडादर भने नरहने जानकारी दिइएको छ ।