२०८३ साउन २२ गते शुक्रवार

तुलसीपुरमा मेला महोत्सव लगाउन नहुने भन्दै फेन्सि ब्यबसायीले थाले हस्ताक्षर संकलन

तुलसीपुर, मंसिर १६ । तुलसीपुरमा एक पछि अर्कौ मेला, महोत्सव लगाउने तयारी भइरहँदा त्यसको बिरोधमा हस्ताक्षर संकलन सुरु भएको छ ।


बिहीबारदेखि तुलसीपुर बजारका फेन्सि ब्यबसायीहरुले मेला लगाउन नहुने भन्दै बिहीबार हस्ताक्षर संकलन गरिरहेका हुन ।


हस्ताक्षर संकलन अभियानको नेतृत्व रुपेश शर्माले गरेका छ । शर्मा तुलसीपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यपनि हुन । फेन्सि ब्यबसायी संघबाट शर्माले सर्माले लोकप्रिय मत प्राप्त गरेका थिए ।


‘हामीले एक घन्टा जति भयो हस्ताक्षर संकलन अभियान संचालन गरेको र अहिले सम्म पाँच सय जति हस्ताक्षर संकलन भइसकेको छ,’ शर्माले भने ‘ अब एकआध घन्टा हस्ताक्षर संकलन गरि हामीले ती हस्ताक्षर तुलसीपुर उपमहानगरपालिकामा लगेर बुझाउने छौं।’


मेला महोत्सव रोकिनु पर्ने मागसहित संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा समेत बुझाइने शर्माले फरककोणलाई बताए ।
मेला महोत्सव रोकिनु पर्ने मागसहित आफुहरुले संकलन गरेर बुझाएको हस्ताक्षरको कुनैपनि सुनुवाई नभए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने शर्माले चेतावनी दिए ।

तुलसीपुरमा ब्यबसाय गर्दै आएका बहुमत ब्यबसायीले मेला महोत्सवको बिरोध गर्दापनि सुनुवाई नभए आफुहरु बन्द, हड्ताल लगाएका आन्दोलनमा जान बाध्य हुने शर्माको भनाई छ ।

किन, तपाँईहरु मेला महोत्सवको बिरुद्धमा उत्रनु भएको हो ?भनेर प्रश्न सोध्दा – शर्माले मेला महोत्सव लगाउँदा ब्यबसाय धारासायी बन्ने धारणा राखे । ‘हामी जस्ता फेन्सि ब्यबसायीले ब्यबसाय गर्ने भनेको मंसिर, पुस र माघ महिना नै हो र यो समयमा मेला महोत्सव लगाउँदा हाम्रो ब्यापार धारासायी बन्छ,’ शर्माले अगाडि भने ‘ अहिले ब्यापार नगरे त्यसपछिका नौं महिना हामीले ब्यापार बोरोमा थन्काएर राख्नु परे हामीले कोठा भाडा कसरी तिर्ने ?’


तुलसीपुरमा ब्यबसाय गर्दै आएका फेन्सि ब्यबसायी जस्ता सरोकार वालाहरु संग मेला महोत्सव आयोजना गर्न खोज्नेले कुनै छलफल तथा सरसल्लाह नगरी राजनीतिक दलहरु संगको सरसल्लाहमा मेला लगाउनु खोज्नु खेद जनक रहेको शर्माले टिप्पनी गरे ।

उनले तुलसीपुरमा यो सिजनमा जो कोहीले मेला महोत्सव लगाउन खोजेपनि बिरोध गर्ने बताए ।

‘चन्द्र सुर्य होस वा चेम्बर अफ कमर्श वा तुलसीपुर उद्योग बाणिज्य संघ नै किन नहोस, हामी जस्ले मेला महोत्सव लगाउन खोजेपनि बिरोध गर्ने छौं,’ शर्माले थपे ‘ तुलसीपुरका रैथाने ब्यबसायीलाई मर्कापर्ने गरि जो कसैले पनि मेला महोत्सव लगाउन खोजे त्यो कदापी स्वीकार्य हुने छैन ।
कोरोना भाइरसको नयाँ भेरियन्ट आइ रहेको समयमा मेला महोत्सव लगाउँदा महामारी फैलिने झनै संभवाना बढ्ने हुँदा आफुहरु बिरोधमा उत्रनु परेको उनले तर्क गरे ।


तर, बुधबार मात्रै चन्द्र सुर्य यातायात प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।


त्यस्तै नेकपा एमाले निकटको ब्यपारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने जानकारी दिएको छ । उनीहरुले आफुहरुले लगाउने मेला महोत्सवको तयारी तीब्र रुपमा भइ रहेको जानकारी पनि दिएका छन् ।


मेला महोत्सव लगाउन खोज्ने र त्यो रोकिनु पर्ने अर्थात लगाउन नदिने कुरामा तुलसीपुरका ब्यापारीहरु पक्ष बिपक्षमा बिभक्त हुन थालेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *