२०८३ असोज २६ गते सोमवार

राप्रपाको महाधिवेशन काठमाडौंमा सुरू

काठमाडौँ,मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी हुने कार्यक्रम छ।

मंसिर १७ गतेसम्म चल्ने महाधिवेशननले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन ४ हजार ३ सय प्रतिनिधि आएका छन्।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *