२०८२ चैत्र ३ गते मङ्गलवार

सभापतिमा जितेँ भने कांग्रेस एक बनाउँछु : निधि

काठमाडौं,मंसिर १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई एक बनाएर अघि बढ्ने दाबी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि कांग्रेस एक हुनुपर्ने उनको दाबी छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले जित्नुपर्छ। जितका लागि नेपाली कांग्रेस एक हुनुपर्छ। ’सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सामाजिक सञ्जालमार्फत भने, ‘मैले सभापतिमा जितें भने कांग्रेसलाई एक बनाएर अघि बढ्न सक्छु। संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घायुका लागि नेपाली कांग्रेसले आउँदो चुनावमा जित्नु जरूरी छ।’

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता अनि शान्ति र अहिंशाको बाटो फराकिलो बनाउन कांग्रेसकै नेतृत्व आवश्यक भएको उनको भनाई छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *