२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस दाङको सदस्यमा तुलसीपुरका सुरेश श्रेष्ठलाई सबैभन्दा बढी मत

तुलसीपुर,मंसिर १३ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङ जिल्ला सदस्यमा पत्रकार समेत रहेका तुलसीपुरका सुरेश श्रेष्ठले सबैभन्दा बढी मत प्राप्त गरि निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गत शनिवार घोराहीमा भएको निर्वाचनबाट आदीवासी जनजाती ९खुल्ला० तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले १ हजार ५ सय ६९ मत प्राप्त गरेका हुन ।

निर्वाचनका क्रममा कुल २ हजार १ सय ३६ मत खसेको थियो । यो मतका आधारमा जिल्ला सदस्यमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरि श्रेष्ठ निर्वाचित भएका हुन ।

त्यस्तै जिल्ला सदस्यमा चेतराम चौधरीले १ हजार २ सय ९३ मत प्राप्त गरि बिजयी भएका छन । उनले थारु खुल्ला तर्फबाट उम्मेदवारी दिएका थिए ।

अन्य सदस्यहरुमा क्रमशः आदीवासी जनजाति ९खुल्ला० तर्फबाट तुलसीराम रानाले १ हजार २ सय ५०, खस आर्य महिला तर्फबाट केसरा पोखरेलले १ हजार १ सय ६२, सोही कोटाबाटै शान्ता पाण्डेले १ हजार १ सय १७, थारु खुल्लाबाट भागिरथ चौधरी १ हजार १ सय ८, मधेशी अपांग तर्फबाट राजकुमार धितालले १ हजार ९८, थारु खुल्ला तर्फबाट गदुलाल चौधरी १ हजार ९४, दलित खुल्ला तर्फबाट चेतना चौधरी १ हजार ४८ र खेमराज विश्वकर्माले १ हजार ३३ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *