२०८३ असोज २६ गते सोमवार

दाङबाट शंकर महासचिव, युवराज उपाध्यक्षमा प्रस्ताबित

कोमल वलीदेखि अरु को – को केन्द्रीय सदस्य बनाइए ?


दाङ, मंसिर १३ । चितवनमा जारी नेकपा एमालेका नऔं अधिबेशनबाट दंगाली नेता युवराज ज्ञवाली नेकपा (एमाले)को उपाध्यक्षमा प्रस्ताबित गरिएका छन् ।
उसअघि पनि उनी एमाले उपाध्यक्ष पदमै थिए । शालिननेताको छबि बनाएका ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले पुनः उपाध्यक्षमा प्रस्ताब गरेका छन् । यो संगै दाङका दुई नेताहरु पदाधिकारी बन्न सफल भएका छन् ।
नेता शंकर पोखरेल पार्टी भित्र महत्वपूर्ण मानिएको महासचिव पदमा प्रस्ताबित गरिएका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे पर्न सफल भएका छन् । त्यस्तै खुल्ला महिला तर्फ शंकर पोखरेलकी श्रीमति सुजिता शाक्य, शान्ता चौधरी, सीता सिग्देल न्यौंपाने र कोमल वली पर्न सफल भएका छन् ।
थारु खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र दाङको क्ष्ोत्र नं. १ बाट प्रतिनिधित्व गर्ने गंगा चौधरी सतगैंया पर्न सफल भएका छन् ।
मुस्लिम महिलाबाट दाङ घोराहीकी साजिदा सिद्धिकीपनि केन्द्रीय सदस्यमा परेकी छन् । भुगोल अन्तरगत लुम्बिनी प्रदेशको महिला खुल्लाबाट मेनका पोखरेल केन्द्रीय सदस्यमा प्रस्ताबित गरिएका छन्

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *