२०८३ जेष्ठ ३१ गते आइतवार

मंसिर १२ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा १८ बर्ष माथिकालाई भेरोसेल खोप लगाइने


तुलसीपुर, मंसिर ११ । तुलसीपुर उपहानगरपालिकाका सबै वाडमा मंसिर १२ गतेदेखि १८ बर्षदेखि माथिका सर्वसाधारणलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
नगरका सबै स्वास्थय संस्थाहरु बाट कोरोना विरुद्धको चाइनिज भेरोसेल खोप १८ बर्षदेखि माथिका व्यक्तिलाई क्रमश लगाइने भएको छ ।
तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रवद्र्धन शाखाका फोकल पर्सन बिमल केसीले मंसिर १२ गतेदेखि १६ गतेसम्म खोप लगाइने जानकारी दिएका छन् ।
पालै पालो १८ बर्ष माथिका सबैलाई खोप लगाउने जिल्ला खोप समितिको निर्णय अनुसार खोप कार्यक्रम सञ्चालन गरिने केसीले बताए ।
नजिकको वा पायक पर्ने स्वास्थय संस्थामा संपर्क राखेर आफ्नो टोलको पालो अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोप लगाउन सकिने छ । पहिलो खोप लगाउनेहरुले उमेर खुल्ने परिचय पत्र साथमा लगेको हुनुपर्ने छ ।
खोप बिहान ११ बजेदेखि ३ बजेसम्म लगाइने छ । एउटा स्वास्थ्य संस्थावाट दैनिक १२५ देखि १५० जना सम्मलाई खोप लगाउने लक्ष्य राखिएको केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *