२०८३ असोज २५ गते आइतवार

सल्यानमा मध्यरातमा दुई भाउजुले बञ्चरो प्रहार गरि देवरको हत्या गरे , प्रमाण मेट्न मध्य रातमै शब आधा जलाए

दाङ, मंसिर १० । सल्यानमा दुई भाउजु मिलेर देवरको हत्या गरेको आरोपमा भाउजुहरु पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको हत्या गरेको आरोपमा शेरबहादुरकी आफ्नै घरकी भाउजु २६ वर्षीया लक्ष्मी चन्द र घर परिवार भित्रकै भाउजु २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।
मध्य रातमा दुई भाउजुले बञ्चरो प्रहार गरि देवरको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए । पक्राउ परेका लक्ष्मी र राधा दुई दाजु भाइकी बुहारी हुन ।
बिहीबार राति दुई देवर भाउजु र देवर संगै बसेर मदिरा सेबन गरेका थिए । त्यही क्रममा देवर शेरबहादुरले घरकै भाउजु लक्ष्मीलाई जबरजस्ती बलात्कारको प्रयास गरेपछि उनीमाथि लक्ष्मी र राधा मिलेर बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु हुन गएको बयान उनीहरुले प्रहरी समक्ष गरेको डिएसपी खड्काले बताए ।
घटना बिहीबार राति ११ बजेदेखि १२ बजेको बीचमा भएको प्रहरीले अनुमान गरेको छ ।
देवर शेरबहादुरको हत्या पछि उनीहरु मिलेर प्रमाण नष्ट गर्न शव जलाउन खोजेको देखिएको पनि प्रहरीले जनाएको छ ।
‘घर एकान्त स्थलमा रहेको हुँदा राति नै झुत्रा कपडा राखेर शव जलाइएको छ,’ डिएसपी खड्काले भने ‘ टाउकोदेखि मुन्तिरको भाग पुरै जलेको अवस्थामा शव फेला परेको छ ।’
शब नजलेपछि घर नजिकै बाँसको झाडीमा लगेर फालेको अबस्थामा प्रहरीले शुक्रबार शब फेला पारेको डिएसपी खड्काले जानकारी दिए ।
घटनाबारे एक स्थानीयले सुचना दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार चन्दको घर एकान्त स्थलमा छ । शेरबहादुरका दाजु बिदेशमा रहेको तथा आमाबुबा बाँकेको कोहलपुर बस्दै आएको हुँदा घरमा देवर शेरबहादुर, भाउजु लक्ष्मी र उनकी ४ वर्षीया छोरी मात्रै बस्दै आएका थिए । हत्या गरिएकी शेरबहादुरकी श्रीमति माइतमा बस्ने गरेको स्रोतले बताएको छ । शेरबहादुर गत फागुनमा विदेशबाट घर आएका खुल्न आएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *