२०७७ कार्तिक १० गते सोमवार

विभिन्न घटनामा परि रोल्पामा २ जनाको मृत्यु जना घाइते

सन्तोष शर्मा,
रोल्पा, पुस २४ । विभिन्न घटनामा परि रोल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा मेसिन विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्युभएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन । पुराना कपडा पेलेर सिरक डसना लगायत अन्य कपडा तयार गर्न प्रयोग गरिने मेसिन विस्फोट हुँदा बर्दिया जिल्ला निवासी २८ वर्षीय जय कृष्ण न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा परि बर्दीयाकै विष्णुचन्द्र चौलागाई,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिबेणी ६ निवासी धनबहादुर पुन घाइते भएका छन् ।

घाइतेहरुको दाङको तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा सदश्य प्रेमबहादुर बुढामगरले मंगलवार बाट संचालनमा आएको उद्योग उद्घाटन गर्ने क्रममा विस्फोट भएको जानकारी दिए । घाइते द्धय चौलागाई र न्यौपाने मेसिन नजिकै रहेको हुँदा उनीहरुको अवस्था गम्भीर रहेको छ । पुन पसल बाहिर रहेको भएपनि उनलाई विस्फोट भएको टुक्राहरु लागेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रोल्पा होलेरीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

भीरवाट लडेर मृत्यु

भिरवाट लडेर त्रिवेणीमै अर्का एकजनाको मृत्यु भएको छ । त्रबेणी गाउँपालिका वडा नं. ५ जगरबोटका ४८ वर्षीय बामबहादुर दमाइको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलवार विहान उनी आफ्नो घर नजीकैको भिरमुनी मृत अवस्थामा फेला परेका थिए ।

 

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *