२०८१ बैशाख २१ गते शुक्रवार

दाङ क्षेत्र नं. ३ मा जगतबहादुर खड्का जित उन्मुख

तुलसीपुर, मंसिर ८ । नेपाली काँग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ को संघीय सभापतिका उम्मेदवार जगतबहादुर खड्काले प्रतिस्पर्धी भन्दा मतान्तर बढाउँदै लगेका छन् । ६ सय मत गणना हुँदा जगत १०२ मतले अगाडि छन् ।


मतदान स्थलममा जगत खड्काको जित लगभग सुनिश्चित जस्तै बनि सकेको चर्चाहरु सुरु भइसकेका छन् । किनकी अब जम्मा अढाई सय मतहरु गणना हुन मात्रै बाँकी छ । जसमा सत प्रतिसत मत अरुलाई आउने संभावना झिनो छ ।


संस्थापन इतरका जगतले यसपटक पनि जिते लगातार तेस्रो कार्यकाल क्षेत्रीय सभापतिमा ह्याट्रिक गर्ने छन् ।


सभापति पदका अन्य दुई उम्मेदवार मध्य संस्थापन पक्षका सुरेन्द्रबहादुर खड्काले २१३ मत प्राप्त गरेका छन् भने एकल रुपमा उम्मेदवारी दिएका नेता किरण शाहले अहिले सम्मको स्थितिमा ५१ मत प्राप्त गरेका छन् ।


अहिले सम्मको स्थितिमा जगतको प्यानलका उपाध्यक्ष पदका उम्मेदवारहरु शोभाखर सापकोटा ३२८ र पूर्णबहादुर खत्री ३०० मत प्राप्त गरेका छन् । सुरेन्द्र प्यानलका रबी बुढाथोकी २५४ र भेषराज डाँगीले २१२ मत प्राप्त गरेका छन् ।


त्यस्तै सहसचिव पदमा भिमकान्त भट्टराई ३२६ र डेफुलाल चौधरी ३१३ मत प्राप्त गरि अग्रता कायमै राखेका छन् ।

उनीहरुका प्रतिस्पर्धीहरु भूपबहादुर केसी २६० र तनुजसिंह वली १८५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *