तुलसीपुर, मंसिर ८ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. ३ को संघीय सभापतिमा जगतबहादुर खड्काले अग्रता बढाउँदै लगेका छन् ।
जगतको प्यानल नै अगाडि देखिएको छ । यो प्यानललाई काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको साथ समर्थन छ ।
करिब ५ सय मत गणना हुँदा जगतबहादुर खड्का निकटतम प्रतिस्पर्धी सुरेन्द्रबहादुर खड्का भन्दा ८१ मत अन्तरले लिड गरिरहेका छन् ।
ताज स्थितिमा जगतले २५९, सुरेन्द्रले १७८ र अर्का प्रतिस्पर्धी किरण शाहले ४५ मत प्राप्त गरेका छन् ।
दाङको क्षेत्र नं. ३ मा कुल ८४७ मतदाता मध्य ८४४ मत खसेको थियो । अझैं साढे तीन सय जति मत गणना हुन बाँकी छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार