२०८१ चैत्र १४ गते बिहिवार

तुलसीपुर बहुआयामिक सभाहलको सिलन्यास

शरद रेग्मी,
दाङ पुस २४ । दाङको तुलसिपुरमा निर्माण हुने भनिएको बहुआयामिक सभाहलको मंगलवार सिलन्यास गरिएको छ । तुलसीपुर उधोग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहलको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले शिलान्यास गरेका हुन् ।

तुलसीपुर–९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा पार्किङ सहितको वहुआयामिक सभाहल निर्माण हुने भएको छ । अब निर्माणको काम सुरु गर्ने तयारी भइरहेको निर्माण समितिका सयोजक बिमल रिजालले बताए ।

महापुराणबाट सङकलन गरेको करिव दुई करोड र अन्य मेला महोत्सब तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग गरि करिव तीन करोडको लागतमा सभाहल निर्माण गर्न थालिएको संयोजक रिजालले जानकारी दिए । सभाहल निर्माण्को लागि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए ।

सभाहल झन्डै आठ सयभन्दा बढी मानिस अटाउन सक्ने क्षमताको हुने छ। सभाहलमा प्रदेश स्तरिय कार्यक्रमहरुका साथै बिबाह,सेमिनार, ब्यबसायिक भेला,गोष्ठि तथा अन्य धार्मिक एव राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्ने उदेश्यका साथ निर्माण थालिएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले बताए । साढे डेढ बर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *