२०८२ चैत्र ३ गते मङ्गलवार

डिभीको ‘खुला व्यायाम शाला’ अभियान

काठमाडौं, मंसिर ७ । शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालन माल्याएको छ।

डिभी एजुकेशनका प्रबन्धनिर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनमा काठमाण्डौको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए।

उनले डिभीसंगको सहकार्यसहित आफूहरूले देशभर १३ ठाउँमा व्यायामशाला संचालन गरेको र ती ठाउँमा आफ्ना स्वयमसेवक मार्फत निशुल्क प्रशिक्षण दिँदै आएको बताए ।

डिभी एजुकेशनले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा खुला शारीरिक व्यायामशाला संचालनमा ल्याइएको शाहले बताए ।

कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाममार्फत युवामा थोरै भएपनि सकारात्मक सोंच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमाल् याएको उनले तर्क गरे ।

व्यायाम शाला हाम्रो शरिरको प्राथनागर्ने ठाउँ (मन्दिर)हो भन्ने मान्यताका साथ संचालन गरिएको अभियानलाई ‘प्रोजेक्ट टेम्पल’नाम दिइएको छ।

यूवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोंचका साथ अभियानले ‘ह्याप्पी एण्ड हेल्दी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको शाहले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *