दाङ, मंसिर ६ । नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ६ वटै प्रदेश सभा अधिबेशन सम्पन्न भएको छ ।
जहाँ संस्थपन पक्षले चार र संस्थापन इतरले दुई स्थानमा जित हासिल गरेका छन् ।
बाँकेमा चार स्थानमा मतदान र दुई स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित प्यानल निर्वाचित भएको छ।
चौधरी संस्थापन पक्षधर हुन । लक्ष्मणले १२५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जुगलाल थारुले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र नं. १ (ख) को सभापतिमा बलराम शर्मा सभापतिमा निर्वाचित भएका छन् । यहाँ संस्थापन इतर पक्षका शर्माको पुरै प्यानल निर्वाचित भएको छ ।
शर्माले महाविर वलीलाई पराजित गरेका हुन । शर्माले १८९ र वलीले १४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा ज्ञानेन्द्रबहादुर चौधरी निर्वाचित भएका छन् । यहाँ संस्थापन पक्षधर चौधरीको प्यानल नै निर्वाचित भएको छ । चौधरीले १३० र उनका प्रतिष्पर्धी शिवकुमार बर्माले ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्रबहादुर हमालको प्यानल निर्वाचित भएको छ।
हमाल संस्थापन इतर प्यानका हुन । हमालले १५२ प्राप्त गरे । उनका प्रतिष्पर्धी अखबर अलि दर्जीले ६४ मत प्राप्त गरे ।
त्यस्तै प्रदेश सभा क्षेत्र ३ (क) र (ख) मा शनिबार नै सर्वसम्मत नेतृत्व चयन भएको थियो । यी दुबै क्षेत्रमा संस्थापन पक्ष आएका छन् ।
प्रदेश सभा क्षेत्र नम्बर ३ (क) को सभापतिमा केशवकुमार शाह र प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा राजेन्द्रकुमार आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।