दाङ, मंसिर ४ । नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले गरेका छन् ।
नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटनका क्रममा मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक हमालले सिठ्ठि फुकेर उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै अब खेल गतिविधिलाई चलाएमान गराउन आवश्यक रहेको बबताए । खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेको मन्त्री अथकले जानकारी दिए ।
त्यस्तै महानायक राजेश हमालले विगतमा विभिन्न समयमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनु पर्ने हमालले जोड दिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार