२०८३ असोज २५ गते आइतवार

प्यूठानमा जीप दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

प्युठान,कात्तिक २९ । जीप दुर्घटनामा परी प्यूठानमा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान मल्लरानी गाउँपालिकास्थित मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप सोही गाउँपालिका– ३ स्थित बुकेनीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी जीप चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित भई भीरबाट करिब १ सय ५० मिटर तल खसेको छ।

गम्भीर घाइते प्यूठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि प्यूठान अस्पताल विजुवार लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *