२०८३ भाद्र १३ गते शनिवार

रियल जुसको बट्टा भित्र लागु औषधसहित एक जना पक्राउ

दाङ,कात्तिक २६ । रियल जुसको बट्टा भित्र प्रतिबन्धित लागु औषध ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित जमुनाहा नाकाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० बर्षीय बबिन शाही पक्रा परेका हुन ।

इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध ब्यूरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले शाहीलाई बिहीबार बेलुका सवा ६ बजेतिर शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीको आँखा छल्न शाहीले रियल जुसको दुई वटा बट्टामा राखेर दुई लिटर प्रतिबन्धित लागु औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट नामक लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेको गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । शाही माथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *