काठमाण्डौ,कात्तिक २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे ।
प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ उनले भने ।
प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको प्रचण्डको जिकिर थियो । जनयुद्ध कुनै लहडमा नभएको जिकिर गर्दै उनले एक्लै एक्लै अगाडि जाँदा क्षतविक्षत हुने तर्क गरे ।
उनले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको बताए । ढिलो छिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास प्रचण्डको थियो ।