
तुलसीपुर, कात्तिक २१ । दाङको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले १२ जनाको ज्यान जानेगरी सल्यानमा भएको बस दुर्घटना प्रति दुःख ब्यक्त गरेका छन् ।
शोक विक्तब्य मार्फत नगर प्रमुख पाण्डेले बस दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।
उपचारमा कुनै कमिहुन नदिन र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग उनले माग गरेका छन् ।
उनले देशका विभिन्न स्थानहरुमा दिनदिनै हुने सवारी दुर्घटना न्यूनिकरण तथा जनधनका क्षति न्यूनिकरण गर्न सम्वन्धित सबैको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।
सल्यानको जैतेपानीबाट तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा बिहान करिब साढे ११ बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । १२ जना १६ जना जति घाइते छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार