२०८२ फाल्गुन २१ गते बिहिवार

सल्यान बस दुर्घटनामा १२ मतृक मध्य ६ जना दाङका, १० जनाको सनाखत

दाङ,कात्तिक २१ । सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । यो खवर तयार पार्दा आठ जनाको मात्रै सनाखत भएको छ ।

सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाका अनुसार दुर्घटनामा परि दाङका ६ जनाको मृत्यु भएको छ ।
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने ५३ बर्षीया पर्भा चलाउने, शान्तिनगर गाउँपालिका वडा नं. ८ की ३५ बर्षीया साबित्रा केसी, शान्तिनगर ६ कोरबाङका ५ बर्षीय सुरज वली, बबई गाउँपालिका वडा नं. ४ की ६० बर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० बर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी ६५ बर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परि मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परि सल्यानको शारदा नगरपालिका वडा नं. २ की ६१ बर्षीया मिना डाँगी, शारदा ३ की ६६ बर्षीया लिला बुढाथोकी, त्रिबेणी गाउँपालिका वडा नं. १ काभ्रा बस्ने २४ बर्षीया मिना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नं. २ का २९ बर्षीय तिलक वलीको मृत्यु भएको छ ।

डिएसपी थापाका अनुसार दश महिला र दुई पुरुषको बस दुर्घटनामा मृत्यु भएको छ । ती मध्य हालसम्म आठ जनाको सनाखत भएपनि दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख थापाले सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको जानकारी दिए । केही घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि बाहिर पठाइएको छ ।

त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ । बसमा ३० यात्रु सवार रहेको डिएसपी थापाले बताए । चालक अहिले सम्म सम्पर्क बिहिन छन् ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *