दाङ, कात्तिक २१ । सल्यानमा भएको बस दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ । त्यतिकै संख्यामा घाइतेहरु छन् ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले पाँच जनाको घटनास्थलमै र थप दुई बालबालिकाको श्रीनगरमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस आइतबार बिहान कबिर साढे १० बजेतिर कपुरकोट तिर दुर्घटनामा परेको थियो ।
घाइतेको उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार