२०८३ जेष्ठ ३० गते शनिवार

बाँकेमा एउटै खालबाट ४८ जुवाडे पक्राउ, साढे ४ लाख बढी रकम बरामद

दाङ, कात्तिक २० । बाँकेमा शनिबार दिउँसो एउटै खालबाट प्रहरीले ४८ जुवाडेलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट साढे चार लाख बढी रकम बरामद भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ बाबुगाँउबाट चार लाख ६६ हजार ७७ रुपैंयासहित ४८ जुवाडेलाई प्रहरीले दिउँसो दुई बजे पक्राउ गरिएको जानकारी दिएको छ ।

बाबुगाँउमा केही मानिसहरुले हारजित हुने गरि जुवाखेली रहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दश गड्डी ताससहित ४८ जुवाडेलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद न्यौंपानेले पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही थालिने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *