२०८३ कार्तिक ११ गते मङ्गलवार

मोटरसाइकल दुर्घटनामा तुलसीपुर बन्गैका सशस्त्र प्रहरी हवल्दार भण्डारीको मृत्यु

तुलसीपुर , कात्तिक १८ । तुलसीपुरमा कार्यरत एक जना सशस्त्र प्रहरी हवाल्दारको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गै निवासी ३५ बर्षीय कैशाल भण्डारीको बुधबार राति तुलसीपुर १० चैलाहीमा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले फरककोणलाई जानकारी दिए ।

सशस्त्र प्रहरी बेश तुलसीपुरमा कार्यरत भण्डारी डिउटी सकेर घर जाने क्रममा चैलाहीमा मोटरसाईलकल दुर्घटनामा परेका थिए ।

डिएसपी अर्याललले भण्डारीले चलाएको मोटरसाईकल राति १० बजेर १० मिनेट जाँदा चैलाहीमा दुर्घटनामा परेको र १० ः ३० बजेतिर उद्धार गरि तुलसीपुरस्थित अस्पताल पु¥याउनासाथ चिकित्कसले मृत घोषणा गरेको जानकारी दिए ।
दुर्घटनाका घाइते मध्य तुलसीपुर १० चैलाहीका ३६ बर्षीय लिलाधर खड्का घाइते भएका छन् ।

खड्कालाई राति नै तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ । खड्काको अवस्था खतरा मुक्त रहेको र कान नजिकै चोट रहेको डिएसपी अर्यालले जानकारी दिए ।

मोटरसाईकलमा सवार अर्का एक जनाको अवस्था सामान्ने रहेको हुँदा सामान्ने उपचार पछि बुधबार राति नै डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर बजारबाट दक्षिणको बन्गैस्थित गाउँतर्फ जाँदै गरेको भण्डारीले चलाएको रा ४ प ६०५८ नम्बरको मोटरसाईकल खाडलमा परेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भण्डारीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *