तुलसीपुर, कात्तिक १८ । दाङको शान्तिनगरमा मध्यरातमा दुई परिवार बीचमा कुटाकुट हुँदा तीन महिनाकी सिशुसहित तीन जना घाइते भएका छन् ।
शान्तिनगर गाउँपालिका वडा नं. ५ बाबिया चौरमा मध्य रातमा कुटाकुट हुँदा तीन महिनाकी सिशु सुसंस्कृति कँवर, ३३ बर्षीया सीता कँवर , ३० बर्षीय प्रकाश कँवर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।
घाइते सबैको यो खवर तयार पर्दासम्म राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । कँवर परिवारलाई कुटपिट गर्ने स्थानीय १८ बर्षीय प्रमोद बुढाथोकी, ५६ बर्षीया पीमा बुढाथोकी, ४६ बर्षीय कमल बुढाथोकीलाई राति नै नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक शर्माले फरककोणलाई जानकारी दिए ।
प्रहरी निरिक्षक शर्माका अनुसार दुई परिवारका बीचमा जग्गाको बिषयमा पुरानो रिसिबी रहेको थियो ।
त्यही बीचमा गएराति मध्य रातमा एउटा परिवारले धान राख्न थालेपछि अर्को परिवारले लाठी तथा चिर्पटले आक्रमण गरेको भन्ने खुल्न आएको प्रहरी निरिक्षक शर्माले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
