२०८१ बैशाख २० गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ, कात्तिक १६ । देउखुरीको महदेवा-सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका-२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *